प्रथम अध्यक्ष कप फुटबलमा वडा ६ र भलिबलमा वडा न ५ लाई उपाधि

प्रथम अध्यक्ष कप फुटबलमा वडा ६ र भलिबलमा वडा न ५ लाई उपाधि

दाङ । दङ्गिशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबलमा वडा न ६ ले र भलिबलमा वडा न ५ ले उपाधी जितेका छन् ।

दङ्गिशरण गाउँपालिका दाङको आयोजनामा सहिद दिवशको अवसरमा संचालित प्रतियोगिता अन्तरगत आज सोमबार सम्पन्न फुटबल प्रतियोगिताको फाईनल खेलमा वडा न ५ लाई ट्राईवेकरमा ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । उपाधी संगै उसले नगद २५ हजार कप,मेडल र प्रमाणपत्र हात पार्यो ।

फाईनलमा पराजित वडा ५ उपबिजेतामा सिमित रहदै नगद २० हजारमा चित्त बुझाउन बाध्य हुदा तृतिय हुने वडा न ३ ले नगद १५ हजार,कप,मेडल, प्रमाणपत्र हात पार्यो । फुटबल तर्फ वडा न ६ जर्सी न १ का गोल किप्पर छवि बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी भलिबल फाईनल खेलमा वडा न ६ लाई ३-२ सेट अर्थात २९-२७,२२-२५,१५-२५,२५-१५ र १५ १० को स्कोरले पराजित गर्दै वडा न ५ ले उपाधी जितेको हो । उपाधी संगै उसले नगद २० हजार,कप,मेडल प्रमाणपत्र हात पार्यो । त्यस्तै उपबिजेता वडा न ६ ले नगद १५ हजार,कप,मेडल प्रमाणपत्र हात पार्दा तृतिय हुने वडा न ३ ले नगद १० हजार कप,मेडल,प्रमाणपत्र हात पार्यो । भलिबल तर्फ वडा न ५ का जितेन्द्र खड्का उत्कृष्ट खेलाडी घोषित भए ।

गाउँपालिकामा खेलकुदको पहुँच अभिवृद्धि संगै प्रतिभावान खेलाडिको पहिचान गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा पालिकाका सात वडाका फुटबल तथा भलिबल टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको अध्यक्षतामा तथा लुम्बिनी प्रदेस सभा सदस्य माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । समापन समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौधरीले गाउँपालिकाको खेल पुर्वाधार बिकासका लागि आफुले सक्दो पहल गर्ने बताउनु भएको छ ।

कार्यक्रममा दङ्गिशरण गाउँपालिका सामाजिक बिकास समिती संयोजक तथा प्रतियोगिताका संयोजक रोषण जंग शाह, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलि, दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी,वडा न ५ का वडा अध्यक्ष निरज बस्नेत,वडा न ३ का अध्यक्ष सुकलाल चौधरी,ईलाका प्रहरी कार्यालयका प्रमुख मनोज चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको संचालन दङ्गिशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यले गर्नु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार