पौडि खेल्न गएकी बालिका स्यार्पुतालमा डुबेर बेपत्ता

पौडि खेल्न गएकी बालिका स्यार्पुतालमा डुबेर बेपत्ता

फाईल फोटो

मुसिकोट । मंगलबार दिउँसो रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ र ५ मा रहेको स्यार्पूृतालमा पौडि खेल्न गएकी एक बालिका डुबेर बेपत्ता भएकीछिन् ।

स्यार्पुताल माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्रा टिका बि.क. तालमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्वर ३ निवासी डिलबहादुर बि.क.की ११ वर्षिय छोरी पोडि खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो ।

साथीहरुसँग पौडि खेल्ने गएकी उनी डुबेर बेपत्ता भएको तर अन्य साथीहरु सकुशल रहेको बताईएको छ ।

बेपत्ता बालिकाको अहिले खोजी कार्य जारी रहेको प्रहरीले भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार