नयाँ वर्ष इस्वी सन् २०२१ सुरु

नयाँ वर्ष इस्वी सन् २०२१ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रो अनुसार शुक्रबारदेखि नयाँ वर्ष इस्वी सम्वदको नयाँ वर्ष सन् २०२१ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वदको सुरुवात भएको भन्ने मान्यता छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सम्वतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन् ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा विगतमा नेपालमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु हुन्थे । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण भीडभाड हुने कार्यक्रमहरु आयोजना गरिएका छैनन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार