जी न्यूजको टोली काठमाडौंमा

जी न्यूजको टोली काठमाडौंमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको लागि भारतीय समाचार च्यानल जी न्यूजका सुधीर चौधरीलगायत तीनजना अहिले शनिबार दिउँसो एअर इण्डियाको उडानबाट काठमाडौं उत्रेका छन् । विमानस्थलबाट सोझै बौद्धस्थित हायात होटल गएका उनीहरूले भोलि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

जी न्यूज त्यहि च्यानल हो जसले नेपालले नयाँ नक्सा जारी गरेपछि चिनियाँ राजदूत हौ यान्छी र प्रधानमन्त्री ओलीलाई जोडेर आधारहीन समाचार लगातार प्रशारण गरेबापत नेपालभर प्रशारण बन्द हुनेमा परेको थियो ।

यसैबीच नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आजै दिउँसो स्वदेश फर्कनुभएको छ । दाहाल नेपाल वायुसेवाको उडानमा नयाँ दिल्ली हुँदै आउनुभएको हो । उहाँ श्रीमती सीताको उपचारको निम्ति गत सोमबार मुम्बई जानुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार