माघे संक्रान्तिको अवसरमा हाम्रो टिम नेपालद्वारा खानेकुरा वितरण

माघे संक्रान्तिको अवसरमा हाम्रो टिम नेपालद्वारा खानेकुरा वितरण

काठमाडौं । हाम्रो टिम नेपालले माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा विपन्नहरुलाई खानेकुरा वितरण गरेको छ । बिहीबार थापाथलीमा रोजगारीविहीन भई भौँतारिइरहेका व्यक्तिहरुलाई टिमले खानेकुरा वितरण गरेको हो ।

दजनौँको संख्यामा उपस्थित व्यक्तिहरुलाई सेलरोटी, चाकु, तरुल, खिचडी, घिउलगायतको खानेकुरा खुवाइएको थियो । हुने–खानेले मात्रै होइन, नहुनेका लागि पनि चाड मनाउनको निम्ति रोजगारी गुमेकाहरुलाई सहयोग गरेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

रोजगारी नपाएको तथा दैनिक जीवनयापनमा समेत अप्ठ्यारो परिस्थितिमा परेको भन्दै आफूहरु हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको ठाउँमा आएको रवीन्द्र दाहालले बताए । सरकारले रोजगारविहीन नागरिकलाई हेरचाह गर्नुपर्ने उनको भनाइ छ ।

हाम्रो टिम नेपालले बेला–बेलामा रोजगारविहीन व्यक्तिहरुलाई यसरी खानेकुरा वितरण गर्दै आएको छ । आगामी दिनमा पनि विभिन्न चाडपर्वको अवसरमा यसरी नै खानेकुरा वितरण गरिने जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार