सरकार निर्वाचनको तयारीमा जुटिसक्यो : मन्त्री ठगुन्ना

सरकार निर्वाचनको तयारीमा जुटिसक्यो : मन्त्री ठगुन्ना

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने विश्वास दिलाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले भने,‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ । हामी अहिले निर्वाचनको सम्मुखमा छौं । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको छ । त्यही अनुसारको तयारी र कार्यक्रमहरु अघि बढाएको छ । निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको छ ।’

साक्षात्कारमा बोल्दै उनले सरकार बन्नुअघि र बनेपछिको अवस्थाबारे यसरी सम्झिए–‘निश्चित् रुपमा जब २०७४ सालको निर्वाचनमा हामी तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा चुनावी गठबन्धन, वाम गठबन्धनको आधारमा हामी जनताको बीचमा गएका थियौं । स्थायित्वको लागि मत मागेका थियौं । पाँच वर्षको लागि जनताबाट मत पनि प्राप्त भएको थियो । वाम गठबन्धनको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने म्याण्डेट जनताले दिएका थिए । सरकार बनेपछि जनताको म्याण्डेअनुसार यो सरकारले काम काम गर्दै आएको थियो । विकास र समृद्धिको अभियान अघि बढे ।

ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तिव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको पनि मन्त्री ठगुन्नाले सुनाए । उनले अघि थपे,‘यत्तिमात्रै होईन, यहाँहरुलाई थाहा छ–लामो समयदेखि हाम्रो देशको जुन भूमि मिचिएको थियो । हामीले औपचारिक रुपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगतमा दाबीसम्म गर्न पाएका थिएनौं ।

त्यसलाई औपचारिक रुपमै संसदमा प्रवेश गराएर संविधान संशोधन गरेर हामीले आफ्नो मिचिएको भूमि यो सरकारले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रो भूमि समावेश गरेर, हाम्रो नक्सा सार्वजनिक गरेर संविधान संशोधन गरेर हामीले एउटा भारतसँग द्धिपक्षीय छलफलमा मात्रै होईन, अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो भूमिको आधिकारिक दाबी हामीले गर्यौं । त्यसलाई प्राप्त गर्ने प्रक्रिया अघि बढायौं । भारतसँग हामीले प्रष्ट रुपमा प्रधानमन्त्रीको नेतृत्वमा मिचिएको भूमि फिर्ता लिने कार्यक्रम पनि अगाडि बढ्दै जाँदाखेरि सरकारका विरुद्धमा, सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भयो ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार