काठमाडौंमा प्रचण्ड–नेपाल समुहको प्रदर्शन : गन्तव्‍यमा जाने यात्रुको बिचल्ली

काठमाडौंमा प्रचण्ड–नेपाल समुहको प्रदर्शन : गन्तव्‍यमा जाने यात्रुको बिचल्ली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले शुक्रबार विरोध प्रदर्शन र सभा आयोजना गर्नुभन्दा केही घन्टा अगावै अहिले  राजधानीका सडकमा त्यसको प्रभाव परेको छ।

उत्त समुहले रत्नपार्क भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्ने तयारी गरेपछि वरिपरिका सडकमा बिहानै देखिनै आवागमन प्रभावित भएको छ।

यसबाट खासगरि विद्यार्थी, कामकाजीको बिचल्ली भएको छ। यसअघि गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शन गर्दा राजधानीका सडकमा यात्रुहरूको बिचल्ली भएको थियो।

काठमाडौंमा विभिन्न ९ स्थानबाट जुलुस निकाल्ने र पुरानो बसपार्कअगाडि सभामा परिणत हुने सङ्घर्ष समितिले तयारी गरेको छ । जुलुस अहिले केहीबेरमा सुरु भएर भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुनेछ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र घनश्याम भुसालले सम्बोधन गर्ने बताइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार