देउखुरीको राप्ती नदीमा बनेको पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ आउने

देउखुरीको राप्ती नदीमा बनेको पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ आउने

देउखुरी। आउदो माघ १२ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती नदीमा बनेको पक्कि पुल उद्घाटन गर्ने र वृहत आम सभालाई सम्वोधन गर्ने कार्यक्रमको व्यापक तयारी गरिएको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने यो नेपालकै दोस्रो लामो पक्की पुल हो ।

जनस्तरबाट भब्य उपस्तिथी, झाँकी र स्वागतका विचमा नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरिने छ । त्यसपश्चात राप्ती गाउँपालिका–२ लालमटीयामा बृहत आमसभा आयोजना गरिने छ । आम सभामा नागरिकस्तरबाट व्यापक सहभागीता हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय आकांक्ष पुरा गर्न अवलम्बन गरिएका नीति तथा कार्यक्रमको बारेमा जानकारी दिने, वर्तमान राजनीतिको बारेमा सम्वोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सदस्य शर्माले जानकारी दिनुभयो  ।

उक्त पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । संघीय सरकारको करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार