रुक्मिणीको व्यवस्थापन समिती गठन प्रक्रिया स्थगित

समाललाई पुनः अध्यक्ष बनाउन माग गर्दै नाराबाजि

रुक्मिणीको व्यवस्थापन समिती गठन प्रक्रिया स्थगित

समाललाई पुनः अध्यक्ष बनाउन माग गर्दै नाराबाजि

रुकुम (पूर्व )। रुक्मिणी माध्यामिक बिद्यालय रुकुमकोटको नयाँ व्यवस्थापन समिति गठनका लागि बिहिबार देखि सुरु प्रक्रिया माघ २२ गते सम्म स्थगित गरिएको छ ।

अभिभावक भेलाबाट व्यवस्थापन समितिका नयाँ अध्यक्ष छान्ने प्रक्रिया सर्व सम्मत हुन नसकेपछि सहमतिको वातावरण बनाउन माघ २२ गते सम्म स्थगित गरिएको बताईएको छ । चार जनाले अध्यक्ष पदको लागि उमेद्वारी दर्ता गराएका थिए । तर, सहभागी अभिभावक र बिद्यार्थीहरुले निवर्तमान अध्यक्ष केशव चन्द्र समालको पक्षमा नाराबाजि गरेका थिए । उनीहरुले बिद्यालयको सुधारको लागि अहोरात्र खटिएर बिद्यालयको हित गरेको भन्दै समाललाई फेरि अध्यक्ष बनाईनुपर्ने माग राख्दै नारा लगाएका थिए ।

अध्यक्ष छनोटको लागि सिस्ने गाउँपालिका ५ का ओम प्रकाश थापा, वसन्त प्रताप बि.सि., मदन बि.सि. र निवर्तमान अध्यक्ष केशवचन्द्र समालको उमेद्वारी परेको थियो । सहमतिमा अध्यक्ष चयन गर्नको लागि आन्तरिक छलफल चलिरहेको बेला अभिभावक र बिद्यार्थीले समाललाई निशर्त फेरि अध्यक्ष बनाईनु पर्ने भन्दै नाराबाजि गरेका थिए । उनीहरुले ‘हामीलाई पुरानै अध्यक्ष चाहिन्छ, अध्यक्ष फेर्न पाईदैन अरु अध्यक्ष चाहिदैन, बिद्यालयमा राजनीति गर्न पर्न पाईदैन’ भन्दै नारा घन्काएका थिए । बिद्यालयको दुई कार्यकाल अध्यक्ष भएर अभिभावक र बिद्यार्थीहरुको मन जित्न सफल समालले थुप्रै उदाहरणिय काम गरेको अभिभावकहरुले बताएका छन् ।

भेलाले व्यबस्थापन समिति गठनका लागि सिस्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मंगलसेन बुढाको संयोजकत्वमा ३ सदस्यीय सहजिकरण समिति गठन गरेको छ । समितिको सदस्यमा बिद्यालयका प्रधानाध्यापक कृष्ण गौतम र वडा नम्वर ५ का अध्यक्ष शान्ते बहादुर बिक रहनुभएको छ । उक्त सहजिकरण समितिले सहमतिको लागि माघ २२ पुन गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार