मनकारी वडासदस्य, व्यक्तिगत खर्चमा बनाए विद्यालयमा सरस्वती माताको मन्दिर

मनकारी वडासदस्य, व्यक्तिगत खर्चमा बनाए विद्यालयमा सरस्वती माताको मन्दिर

बाँके । पछिल्लो समय देशका अधिकाश स्थानीय तहमा अनियमितता र भ्रष्टाचार बढिरहेको खबर आइरहेका बेला बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक वडासदस्यले व्यक्तिगत लगानीमा विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिदिएका छन । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.२ का वडासदस्य ज्ञानेन्द्रराज ओली (ज्ञानु) ले व्यक्तिगत लगानीमा विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिदिएका छन ।

आज श्रीपञ्चमी सरस्वती पूजाको अवसरमा वडा सदस्य ओलीले एक कार्यक्रमका बिच उक्त मन्दिरको उदघाटन गरेका छन । ‘स्कुलमा सरस्वती माताको मन्दिर नहुँदा सरस्वती पुजाको दिन विद्यार्थीहरु टाढा-टाढा जानुपर्ने बाध्यता थियो’ उनले भने, ‘त्यसैले मैले सामाजिक कामको रुपमा स्कुलमा आफ्नो व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरिदिएको बताए । वडा सदस्य ओलीले आफुले पाउने सेवा सुविधा तलबभत्ताको रकमबाट बिद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिदिएको बताएका छन ।

वडा सदस्य ओलीले करीब २ लाख २८ हजार लगानीमा विद्यालयमा सरस्वती मन्दिर निर्माण गरेका हुन् । बिगतमा बिद्यालयको अवस्था एकदमै खराब भएका कारण कसैको सहयोग नहुने उक्त बिद्यालयमा अहिले सबैको सहयोग र साथले बिद्यालय राम्रो बन्दै गएको बिद्यालयका प्रधानाध्यापक देव बहादुर थापाले बताए ।

वडा सदस्य मात्रै नभएर एक कुशल समाजसेवी पनि रहेका ओलीले विभिन्न समयमा थुप्रै सामाजिक कार्य गर्दै आएका छन । यसअघि ओलीले आफ्नो तलबभत्ताको रकमबाट गाउँमा प्रतिक्षालय निर्माण, सडक ग्राभेल जिम क्लब विपन्न विद्यार्थीलाई छात्रावृति तथा मुर्ती स्थापना लगायतका कार्य गरिसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार