पछिल्लो २४ घण्टामा थप ५,७६३ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ५,७६३ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

प्रतीकात्मक तस्बिर।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

नेपालमा थप १९ जनाको मृत्यु भएको छ ।  योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार