निषेधाज्ञाका बेला जुवातास खेल्ने ५ जना काठमाडौंबाट पक्राउ

निषेधाज्ञाका बेला जुवातास खेल्ने ५ जना काठमाडौंबाट पक्राउ

काठमाडौँ । निषेधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको हो।

नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामा शनिबार पक्राउ परेका हुन्।

उनीहरूको साथबाट प्रहरीले रु एक लाख पाँच हजार ५०० नगद र तास बरामद गरेको छ।  पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार