कोरोना संक्रमित बिरामीको लागि निशुल्क ‘सिस्नो पाउडर’ उपलब्ध

नेकपा बिप्लव समुहका जिल्ला कार्यालय सदस्य नरेन्द्र बिकको नेतृत्वमा रहेको एक समुहले अस्पतालमा बिरामीहरुको लागि सिलिण्डरहरु पु¥याउने लगायत स्वास्थ्यकर्मीको टोलीलाई सहयोग गर्ने, केहिले शव व्यवस्थापनमा सहयोग गर्ने, केहिले बिरामीहरुको लागि खाना खुवाउने कार्यमा सहयोग गरिरहेको छ ।

कोरोना संक्रमित बिरामीको लागि निशुल्क ‘सिस्नो पाउडर’ उपलब्ध

नेकपा बिप्लव समुहका जिल्ला कार्यालय सदस्य नरेन्द्र बिकको नेतृत्वमा रहेको एक समुहले अस्पतालमा बिरामीहरुको लागि सिलिण्डरहरु पु¥याउने लगायत स्वास्थ्यकर्मीको टोलीलाई सहयोग गर्ने, केहिले शव व्यवस्थापनमा सहयोग गर्ने, केहिले बिरामीहरुको लागि खाना खुवाउने कार्यमा सहयोग गरिरहेको छ ।

मुसिकोट । कोरोना संक्रमित भएर आइशोलेशनमा भर्ना भएका बिरामीहरुको लागि आग्र्यानिक सिस्नोको धुलो (पाउडर) निशुल्क रुपमा उपलब्ध गराईएको छ । रुकुम पश्चिममा सिस्नोको पाउडर उत्पादन गरिरहेको हिमालय सिस्नो पाउडर उद्योगले जिल्ला अस्पताल सल्लेको आइशोलेशन अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरुलाई खुवाउनको लागि सिस्नोको धुलो उपलब्ध गराएको हो ।

कोरोना संक्रमित र तिनका कुरुवाहरुको लागि निशुल्क खाना खुवाउने कार्यमा लागिपरेको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) लाई आज हिमालय सिस्नो पाउडर उद्योगका संचालक सुन्दर शर्माले पहिलोपटक ६ किलोग्राम प्याकेजिङ गरिएको सिस्नोको पाउडर उपलब्ध गराएको बताउनुभयो । निशुल्क खाना खुवाउने अभियानमा रहेको टिमलाई उक्त अभियानको अवधिभर बिरामीहरुको ईच्छा, माग र आवश्यकता अनुसार सिस्नोेको धुलो उपलब्ध गराईने शर्माले जनाउनुभयो ।

स्वास्थ्यको हिसाबले फाईदाजनक मानिने सिस्नोको सेवनले मधुमेह, मुटुरोग, क्यान्सर जस्ता दिर्घरोग बिरुद्ध लड्ने क्षमताको विकास गर्ने, उच्च रक्तचाप नियन्त्रण गर्ने, प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ पाईने गर्दछ । स्वस्थकर र स्वादिष्ट मानिने सिस्नो पाउडर प्राकृतिक हिसावले समेत शुद्ध मानिन्छ । ‘पाउडरको रुपमा उत्पादन गरिएको सिस्नो खानाको विभिन्न परिकारसंग र नियमित चियाको रुपमा समेत उपभोग गर्न सकिन्छ’, उद्योग संचालक शर्माले भन्नुभयो, ‘रोग प्रतिरोधि क्षमता विकासमा महत्वपूर्ण हुने भएकोले संक्रमितहरुलाई हित हुने र निशुल्क खाना खुवाउने अभियानमा ऐक्यबद्धता जनाउन सिस्नोको धुलो उपलब्ध गराईएको हो ।’

नेकपा बिप्लव समुहले अस्पताल नजिकैको स्थानीय सरस्वती माध्यमिक बिद्यालयमा मेस सञ्चालन गरेर त्यहिबाट खाना, नास्ता प्याक गरेर निशुल्क रुपमा खुवाउदै आएको छ । नेकपा बिप्लव समुहका जिल्ला कार्यालय सदस्य नरेन्द्र बिकको नेतृत्वमा रहेको एक समुहले अस्पतालमा बिरामीहरुको लागि सिलिण्डरहरु पु¥याउने लगायत स्वास्थ्यकर्मीको टोलीलाई सहयोग गर्ने, केहिले शव व्यवस्थापनमा सहयोग गर्ने, केहिले बिरामीहरुको लागि खाना खुवाउने कार्यमा सहयोग गरिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार