डिपबोरिङ खनाउने फूलियाको चाहाना

डिपबोरिङ खनाउने फूलियाको चाहाना

दाङ । राजपुर गाउँपालिका-५ सालभौरी, दाङ निबासी २० बर्षीया स्थानीय फूलिया थारुले कमजोर आर्थिक अवस्थाकै कारण कक्षा ९ मै पढाई छोड्नु प¥यो । पढाई छोडेपछि घर परिवारले उनको बिहे गरिदिए । विद्यालय जाने, पढ्ने, सिक्ने, खेल्ने रमाउने उमेरमा उनी पारिवारीक झमेलामा परिन । सिमान्तकृत समुदायका अधिकाँस ग्रामिण भेगका किशोरीले यस्तै नियती भोग्न बाध्य छन् । बिहे पछि घर गृहस्थी चलाउनै प¥यो । फूलियाको परिवार बृहत छ । श्रीमान सिरोजन चौधरी दैनिक ज्याला मजदुरी गर्छन । हाल बुटवलमा घर बनाउने काममा छन् ।

घरमा आम्दानीको स्रोत केही थिएन । फूलियालाई चुरा टिकुली किन्नु पर्दापनि श्रीमानकै मुख ताक्नुपर्ने बाध्यता थियो । संधै भरि श्रीमानसंग माग्नु पर्दा फूलियालाई हिनताबोध हुन थाल्यो । अनि आँपैm केही गर्ने अठोट गरिन । गाउँकै ग्रामिण वचत समुहमा आवद्ध भइन । यो समुहमा ३८ जना सदस्य छन । जसले मासिक १ सय ५५ रुपैंया बचत गर्छन । तर, फूलियासँग बचत गर्नलाई त्यही पैंशापनि हुन्न थियो । कति पटक श्रीमान सँग मागिन । समुहमा आवद्ध भएपछि फूलियाले समस्याहरु कसरी हल गर्ने, कसरी स्वाबलम्बी हुने भन्ने कुरा सिकिन ।

समुहबाटै फूलियाले कसरी करेशाबारी निर्माण गर्ने ? व्यबसायिक तरकारी खेति, च्याउ खेति कसरी गर्ने भन्ने सम्बन्धि तालिम लिइन । अनि फूलियाले घर आगन छेउमा बाँकी रेहेको जमिनलाई खनेर गरेर करेशाबारी बनाइन । समुहबाट ४५ हजार सहयोग मागिन । अहिले उनले त्यो करेशाबारीमा काउली, बन्दा, गाँजर, लसुन, टमाटर र च्याउ खेति गरेकी छन् । यस क्षेत्रमा पानीको निकै समस्या भएकाले थोपा सिंचाई प्रविधिवाट सिंचाईको व्यबस्था मिलाएकी छन् । टनेल भित्र टमाटर खेति गरेकी छन् । बारीमा उत्पादन गरेको तरकारी घरमा खाएर पनि सिजन अनुसार बिक्रि गरेर रु.४०/५० हजार आम्दानी लिदै आएकी छन् । उनलाई करेशाबारी बनाउन उनका श्रीमान र परिवारले सहयोग गरेको बताइन । आज फूलियालाई श्रीमानसंग पैंशा माग्नु परेको छैन । बरु परेको खण्डमा उल्टै श्रीमान र घर परिवारलाई सहयोग गर्न सक्ने भएकी छन् । फूलियाको मेहनत र प्रगती देखेर आज उनको परिवार खुसी छन् ।

सुरुमा फूलियालाई समुहको बैठक तथा गाउँको छलफलमा जाँदा किचकिच गर्ने श्रीमान र घरपरिवारका सदस्य आज आफुहरु पनि फूर्सदको समयमा त्यस्ता छलफलहरुमा सामेल हुन थालेका छन् । फूलिया अब डिपबोरिङ गरि बाहै्रमास सिंचाईको प्रवन्ध गर्ने सोचमा छिन् । राज्यले डिपबोरिङ गरिदिए म लगाएत गाउँका धेरै कृषक दाजु भाइ तथा दिदी बहिनीहरु लाभान्बित हुने फूलियाले विश्वास व्यक्त गरिन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार