कर्माफ्लाईटद्धारा रुकुम पूर्वमा स्वास्थ्य सामाग्री सहयोग

कर्माफ्लाईटद्धारा रुकुम पूर्वमा स्वास्थ्य सामाग्री सहयोग

रुकुमकोट । रुकुम पूर्वमा कर्माफ्लाईट नेपाल कास्कीले विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरेको छ ।

सोमबार सँस्थाका निर्देशक प्रेमबहादुर कवँरले १० लिटर क्षमताका २ वटा अक्सिजन कन्सन्ट्रेटर, ८ थान पिपिइ सेट, १ थान अक्सोमिटर, एन नाइन्ट फाइप मास्क, सर्जिकल मास्क, गलोब्स लगायतका सामाग्रीरु उपलब्ध गराउँनुभएको छ । स्वास्थ्य सामाग्री जिल्ला समन्वय समिति उप–प्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी राजकुमार राईलाई उपलब्ध गराईएको हो ।

रुकुम पूर्वका निर्माण व्यवसायी तथा समाजसेवी मदन शाहको पहलमा उक्त सस्थाले जिल्ला प्रशासन कार्यालयलाई सोमबार स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि रुकुम पूर्वमा आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइदिन शाहले आग्रह गरेपछि कर्माफ्लाईट नेपाल कास्कीले बिभिन्न सामाग्रीहरु सहयोग गरेको हो ।

पोखरामा रहेको कर्माफ्र्लाट नेपाल कास्कीले विगत लामो समयदेखी शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्दै आएको छ । अहिले दुर्गममा रहेका ६ वटा जिल्लामा स्वास्थ्य सामाग्रीहरु सहयोग भैरहेको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार