रुकुम पश्चिममा आयुर्वेद स्वास्थ्यकर्मी समाज गठन

रुकुम पश्चिममा आयुर्वेद स्वास्थ्यकर्मी समाज गठन

मुसिकोट । रुकुम पश्चिममा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गठन गरिएको छ । बुधबार जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका आयुर्वेद शाखा प्रमुख डा. मानबहादुर ओलीको अध्यक्षमा बसको बैठकले नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज  रुकुम पश्चिम गठन गरेको हो ।

बैठकले बिनोद बिष्टको अध्यक्षमा एक कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा विशेश्वर प्रसाद शर्मा, सचिवमा ठान बहादुर के सी र कोषाधयक्षमा कविता बि.क. चयन हुनु भएको छ । समाजको सदस्यहरुमा राजेन्द्र के सी, तिलक खड्का लगायत १५ जना रहनु भएको सचिव ठान बहादुर केसीले बताउनु भयो । कार्यसमितिले डा. मानबहादुर ओलीलाई सल्लाहकारमा चयन गरेको छ ।

नवगठित आयुर्वेद स्वास्थ्यकर्मी समाजका सचिव ठानबहादुर केसीका अनुसार समाजले ग्रामीण स्तरमा आयुर्वेदीक उपचार र महत्व बारेमा बिभिन्न कार्यहरु गर्नेछ । आयुर्वेद क्षेत्रको विकास, बिस्तार, संरक्षण तथा संवद्र्धन गर्दै आयुर्वेदकर्मीहरुको पेशागत हक हितका लागिको लागि समाजले बिभिन्न कार्य गर्ने सचिव केसीले जनाउनुभयो ।

यसका साथै ज्ञानको अभावमा स्थानीय स्तरमा खेर गैरहेको अमुल्य जडिबुटिको सदुपयोग समेत गरिने उहाँले उल्लेख गर्नुभयो । आयुर्वेद समाजले स्थानीय स्तरमा आर्थिक समृद्धिको लागि जडिबुटि खेती संकलन तथा प्रशोधन केन्द्र, औषधि निर्माण उद्योग स्थापनाका लागि पहल गर्ने समेत जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार