प्रहरी र सेनाद्धारा सकेट बम डिस्फोजल

प्रहरी र सेनाद्धारा सकेट बम डिस्फोजल

मुसिकोट । रुकुम पश्चिमको जिल्ला सदरमुकाम रहेको मुसिकोट नगरपालिका वडा नम्वर ४ मा मंगलबार बिहान फेला परेको सकेट बम डिस्फोेजल गरिएको छ ।

स्थानीय खेम बहादुर सुनारले खेतबारी खन्ने क्रममा प्लाष्टिकले बेरेको तार जडान गरेको अवस्थामा सकेट बम फेला परेको थियो । आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्धारा उक्त बम डिस्फोजल गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहि सहित १० जना र नेपाली सेनाको नरसिंह दल गण (ख) गुल्म बोहरागाँउबाट क्याप्टेन सुशिल थापाको कमाण्डमा गएको ६ जनाको टोलीले उक्त बम डिस्फोजल गरेको हो ।

उक्त सकेट बम द्वन्द्वकालमै छोडिएको हुन सक्ने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार