त्रिवेणी ४ मा ‘एक घर एक धारा’ अभियान

त्रिवेणी ४ मा ‘एक घर एक धारा’ अभियान

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ मा एक घर एक खानेपानीको धारा निर्माण अभियान सुरु गरिएको छ । वर्षौदेखि खानेपानी समस्या भोग्दै आएका यस क्षेत्रका करिब ४०० घरधुरीमा ‘एक घर एक  खानेपानीको धारा’ निर्माण गर्ने लक्ष्य रहेको वडा अध्यक्ष चन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ ।

त्रिवेणी गाउँपालिका र विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा गत बर्ष देखि यो अभियान सुरु गरिएको छ । वडा अध्यक्ष खड्काका अनुसार आर्थिक बर्ष ०७८/०७९ मा करिब १०० घरमा खानेपानीको धारा निर्माण गरिने भएको छ ।

अभियान अन्तरगत अहिलेसम्म २० वटा खानेपानीको ट्याङकी निर्माण गरिएको छ भने केहि क्षेत्रमा पाईप लाईन बिस्तारको काम सुरु गरिएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार