राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन

राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ । ६७ वर्षको उनको निधन भएको राजधानी दैनिकले जनाएको छ । उपचारको क्रममा उनको नेपाल एपीएफ अस्पतालमा बुधबार बेलुका निधन भएको हो ।

राजधानी पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन मिडिया सोसाइटीका पूर्वअध्यक्षसमेत हुन् । संविधानसभा सदस्य समेत रहेका शेरचन वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष थिए । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । दिउसो ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार