रुकुम पश्चिममा ५५ हजार पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

रुकुम पश्चिममा ५५ हजार पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

मुसिकोट । रुकुम पश्चिममा  आकर्षक पुरस्कार राशिको भलिवल र ब्याडमिन्टन प्रतियोगिता हुने  भएको छ । जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमको आयोजनामा यहिँ कार्तिक १२ गतेदेखि १४ गते सम्म मुसिकोटमा खेलकुद आयोजना हुने भएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस कुमार शर्माका अनुसार ब्याडमिन्टन प्रतियोगिता जिल्लाभरको खुला रुपमा हुनेछ भने भलिबल प्रतियोगिता पालिका स्तरिय हुनेछ । भलिबल महिला र पुरुषहरुको लागि छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ ।

मुसिकोट खलंगाको बराहटाकुरामा सञ्चालन हुने पालिका स्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगितामा विजेता हुनेलाई ५५ हजार, उप विजेतालाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई १२ हजार पुरस्कार व्यबस्था गरिएको छ । त्यसैगरी उत्कृष्ट खेलाडिलाई २ हजार ५ सय र अनुशासित खेलाडिलाई २ हजार नगद पुरस्कारको  व्यबस्था गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

यस्तै उक्त प्रतियोगिताको पुरुष तर्फको ब्याडमिन्टन खेलमा विजेता, उप विजेता र सान्त्वनालाई क्रमश नगद २५ हजार, १५ हजार र ५ हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलाडीहरुले दुबै प्रतियोगिताको लागि नाम दर्ता कात्र्तिक ११ गते सम्म गरिसक्नुपर्ने र नागरिकता, खेल पोशाख तथा सम्बन्धित पालिकाको सिफारिस अनिवार्य गरिएको आयोजकले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार