रुकुममा नातिनीले गरिन् हजुरबुबामाथि खुकुरी प्रहार

रुकुममा नातिनीले गरिन् हजुरबुबामाथि खुकुरी प्रहार

मुसिकोट । रुकुम पश्चिममा नातिनीले हजुरबुबामाथि खुकुरी प्रहार गरेकी छिन । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ कि १७ वर्षीया बालिकाले सोहि वडा कै ७४ वर्षका दाना शाही माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बुधबार बिहान ४ बजे नाताले छोरीकी छोरी (नातिनी) ले हजुरबुबा दाना शाही माथी खुकुरी प्रहार गरेकी हुन । खुकुरी प्रहारबाट शाहीको बायाँ गाला काटिएको छ भने दुबै हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने नातिनी बोल्न सक्दैनिन् । प्रहरी निरीक्षक शर्माका अनुसार खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको काम सुरु गरेको छ ।

घाईत शाहीको अहिले.चौरजहारी अस्पतालमा उपचार भईरहेको छ । घाईत शाही घरमा एक्लै बस्दै आउनुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार