बाटोमा अलपत्र परेका मजदूरकोबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

बाटोमा अलपत्र परेका मजदूरकोबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

बैशाख ५ काठमाडौ
कोरोना भाइरस नियन्त्रणका लागि भइरहेको प्रयास र लकडाउनपछिको अवस्थाबारे छलफल गर्न आज उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको छ।

प्रधानमन्त्री कार्यालयमा सिहदरबारमा अहिले दिउँसो २ बजे बोलाएको बैठममा समसामियक विषयमा छलफल गर्न गरिने उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताउनु भयो ।

बैठकमा लकडाउनका कारण देशका विभिन्न ठाउँमा समस्यामा परेका मजदूरहरूको बारेमा समेत छलफल हुने बताइएको छ।

काम गरिरहेको ठाउँमा ठेकेदारले निकालिदिएपछि मजदूरहरू एक साता भन्दा बढी पैदलै हिँडेर लामो यात्रामा निस्किएका छन्।  यस अघि काठमाडौंमा समस्यामा परेकालाई घर फर्किनका लागि यसअघि दुई दिन समय दिने भनिए पनि सरकार पछि हटेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार