रुकुम पूर्वको सिस्नेको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस-एमाले गठबन्धन विजयी

रुकुम पूर्वको सिस्नेको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस-एमाले गठबन्धन विजयी

नवनिर्वाचित अध्यक्ष कृष्ण रेग्मी र गोपाल उपाध्यक्ष रेउले ।

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र समाजवादी विजयी भएको छ भने उपाध्यक्षमा कांग्रेस एमाले गठबन्धनले जितेको छ।

अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मीले ३७७९ मत ल्याएर वियजी हुनुभएको छ । उहाँलाई एकिकृत समाजवादीले समर्थन गरेको थियो ।

रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार कांग्रेसका दत्तबहादुर बस्नेतलाई पराजित गर्नुभएको छ । बस्नेतले ३७०० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका गोपाल रेउले निर्वाचित हुनुभएको छ । रेउलेले ३७६१ मत प्राप्त गर्दा रेउलेका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका आस्था बिकले ३४७४ मत प्राप्त गर्नुभएको छ ।

८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा ४ माओवादी केन्द्र, ३ एमाले र १ नेपाली कांग्रेसले जितेको छ। २०७४ सालमा अध्यक्ष र उपाध्यक्षमा दुवै पद माओवादी केन्द्रले जितेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार