त्रिवेणी गाउँपालिका अध्यक्षमा माओवादीका गणेश र उपाध्यक्षमा राजकुमारी विजयी

त्रिवेणी गाउँपालिका अध्यक्षमा माओवादीका गणेश र उपाध्यक्षमा राजकुमारी विजयी

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार केसी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी रेउले विजयी हुनुभएको हो ।

अध्यक्षमा केसीले ५१२९ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमरसिं खड्काले ४२९३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै एमालेका चोपलाल खडकाले १५८ नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ५५ र राप्रपाका डिल्ली बहादुर खड्काले ५ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा निर्वाचित रेउलेले ५१४३ मत ल्याउदा उहाँका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सृष्टि बाँठा मगरले ४३१३ मत प्राप्त गर्नुभएको छ भने एमालेकी धनकला बिष्टले १५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै त्रिवेणी गाउँपालिकामा ५ वडामा माओवादी, ४ मा कांग्रेस र १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार