त्रिवेणीका ३ र ६ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

त्रिवेणीका ३ र ६ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउपालिकाले सबै वडाहरुमा पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने उदेश्यका साथ विभिन्न वडाहरुमा खोप कार्यक्रम संन्चालन गरिरहेको छ।

यसै सन्दर्भमा राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सबै प्रक्रिया पुरा गरे सोमबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाको ३ र ६ नम्बर वडालाई पूर्ण खोप दिगोपना सुनिश्चितता वडा घोषणा गरिएको हो।

दुबै वडामा रहेका ५९ जना  बालबालिकाहरुलाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै प्रकारका खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ ।

त्रिबेणी गाउँपालिका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोहन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्रकुमार ओली, वडा नम्बर ६ का वडा अध्यक्ष भद्रबहादुर सिर्पाली, गाउँकार्यपालिका सदस्य चाँदनी पुन, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम पुन लगायतको सहभागिता रहेको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले क्रमश मापदण्ड पुरा भएका अन्य वडाहरुलाई पनि पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिने बताउनु भयो । गाउँपालिकामा जम्मा १० वटा वडा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार