दुई जनामा हैजा संक्रमणको पुष्टि

दुई जनामा हैजा संक्रमणको पुष्टि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ९टेकुमा० उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो ।

सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् ।

यसअघि बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा लाई हैजा पुष्टि भएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाडौंको बागबजार क्षेत्रको नमुना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमुना संकलन गर्ने इडीसीडीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार