राष्ट्रपति रनिङ शिल्ड चौरजहारीलाई

राष्ट्रपति रनिङ शिल्ड चौरजहारीलाई

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोटमा सञ्चालन भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड चौरजहारी नगरपालिकाले जितेको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा आठबीसकोटको नगरपालिका ९ स्थित वालकल्याण माविमा भएको रनिङ शिल्डमा १७ पदक ल्याएर चौरजहारीले जित हाँसिल गरेको हो ।

चौरजहारीले १० स्वर्ण, ५ रजत र २ कास्य गरी कुल १७ पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस कुमार शर्माले बताउनुभयो।

उहाँका अनुसार आठबिसकोट नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ । उसले ९ स्वर्ण, ७ रजत र ७ कास्य पदक प्राप्त गरेको छ । आठबिसकोटमाले कुल २३ पदक जितेको छ । शिल्डमा बाँफिकोट गाउँपालिका ३ स्वर्ण, ६ रजत र १० कास्य सहित तेस्रो भएको छ । उसले कुल १९ पदक जितेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । शिल्डमा सानीभेरी गाउँपालिकाले तस्रो स्थान ल्याएको छ ।

स्थानीय तह बनेपछि जिल्लामा पहिलो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार