विद्यालयमा दिवा खाजा कार्यक्रमको लागि सामाग्री हस्तान्तरण

विद्यालयमा दिवा खाजा कार्यक्रमको लागि सामाग्री हस्तान्तरण

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले विद्यालयलाई दिवा खाजाका लागि व्यवस्थापन सामाग्री वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ३, ७ र ८ का नौ विद्यालयलाई खाजा व्यवस्थापन सामाग्री वितरण गरिएको हो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट गाउँपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाले उक्त सामाग्री वितरण गरेको गाउँपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

संघीय सरकारले खाजाको लागि मात्र बजेट विनियोजन गर्दै आइरहेको छ । प्रतिविद्यार्थी १५ रुपैयाका दरले खाजाका लागि संघ सरकारले पैसा पठाउने गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । त्यसले विद्यालयलाई व्यवस्थापन सामाग्री जुटाउन अप्ठ्यारो हुदैँ आएको थियो ।

दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट व्यवस्थापनका सामाग्री हस्तान्तरण गरेको अध्यक्ष रेग्मीले बताउनुभयो । गाउँपालिका भित्रका माध्यामिक र आधारभूत गरि नौ विद्यालयलाई व्यवस्थापन सामाग्री वितरण गरिएको हो ।

सामाग्री अन्तर्गत भट्टि चुलो, सिलिन्डर, डाडु, पनियो, कराई र डेक्ची वितरण गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार