एमाले रुकुम निर्वाचन केन्द्रित, पाँचौ बैठकका यस्ता छन् निर्णय

एमाले रुकुम निर्वाचन केन्द्रित, पाँचौ बैठकका यस्ता छन् निर्णय

मुसिकोट । नेकपा एमाले रुकुम पश्चिमको पाँचौ जिल्ला कमिटी बैठक मंगलबार मुसिकोटमा सम्पन्न भएको छ । बैठकले जिल्लाका ६ वटा पालिकामा ईन्चार्ज र सह इन्चार्ज चयन गरेको छ ।

मंगलबार मुसिकोट ५ बागबजारस्थित पार्टि कार्यालयमा बसेको जिल्ला कमिटिको पाचौं बैठकले जिल्लाका ६ वटै नगर तथा गाउँपालिकाका इन्चार्ज र सह ईन्चार्ज तोकेको हो । एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्ण बहादुर ओलीका अनुसार बैठकले मुसिकोट नगरपालिकाको इन्चार्जमा कर्णबहादुर ओली र सह इन्चार्जमा धन बहादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यसैगरी चौरजहारी नगरपालिकाको इन्चार्जमा गणेश अधिकारी र सह इन्चार्जमा धर्मप्रसाद आचार्य, आठबिसकोट नगरपालिकाको इन्चार्जमा पदम बहादुर खड्का र सह ईन्चार्जमा बलबहादुर बोहरालाई तोकिएको प्रचार विभाग प्रमुख ओलीले जानकारी दिनुभयो ।

बाँफिकोट गाउँपालिको ईन्चार्जमा गणेश केसी र सह ईन्चार्जमा नबिन खत्री, सानीभेरी गाउँपालिकाको ईन्चार्जमा प्रकाश खड्का र सह ईन्चार्जमा दक्ष ओली, त्रिवेणी गाउँपालिकाको ईन्चार्जमा हरिबहादुर खड्का र सह ईन्चार्जमा पदम पुनलाई तोकिएको छ ।

बैठकले निर्वाचन निर्वाचन प्रदेश (क्षेत्रीय) कमिटीको संयोजक र सह संयोजक र सचिवको जिम्मेवारी समेत तोकेको । निर्वाचन क्षेत्र क को संयोजकमा व्युझना पुन, सह संयोजकमा केदार गौतम र सचिवमा लालबहादुर बुढा, निर्वाचन क्षेत्र खको संयोजकमा मिस्रिलाल पुन, सह संयोजकमा डण्डी कार्की र सचिवमा मोतिराम बिक चयन हुनुभएको छ ।

बैठकले भदौ २७ र २८ अगुवा कार्यकर्ताको लागी २ दिने जिल्ला प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गरेको छ ।

जिल्ला पार्टी अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा बसेको बैठकको संचालन पार्टी सचिव शशिराम नेपालीले गर्नुभएको थियो । बैठकमा प्रमुख अथितीको रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्र बहादुर बिक र आतिथीहरुमा प्रदेश कमिटी सदस्यहरु कर्ण बहादुर घर्ती, नारायण कुमार शाह, विद्यापति रिजाल, केन्द्रिय सल्लाकार सदस्य गोबिन्द केसीको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार