टोल शिक्षाको लागी ट्याब्लेट र इस्पिकर बितरण

टोल शिक्षाको लागी ट्याब्लेट र इस्पिकर बितरण

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँ पालिकामा टोल शिक्षा संचालनमा सहयोग पुगोस भन्ने उद्देश्यले टोल शिक्षा सहजकर्ता (शिक्षक) लाई प्रबिधी प्रयोग को रुपमा ट्याब्लेट र ब्लुटुथ इस्पिकर बितरण गरिएको छ ।

सिस्ने गाउँपालिकाको रुकुमकोटमा एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र शिक्षा प्रमुख मंगलसिंह बुढाले संयुक्त रुपमा ट्याब्लेट र ब्लुटुथ इस्पिकर वितरण गर्नुभएको हो ।

युनिसेफ/युएसआईडीको आर्थिक सहयोग सिस्ने गाउँपालिकाको समन्वय र रुकुमेली समाज बिकास केन्द्रको सहजीकरणमा कोभिड-१९ को लागी शिक्षामा प्रतिकार्य कार्यक्रम अन्र्तगत सिस्ने गाउँपालिकामा टोल शिक्षामा कार्यरत ९७ जना सहजकर्तालाई एक/एक सेट ट्याब्लेट र ब्लुटुथ इस्पिकर को दरले जम्मा ९७ वटा ट्याब्लेट र ब्लुटुथ इस्पिकर बितरण गरिएको जनाइएको छ ।

प्रारम्भिक कक्षाका बालबालिकाको सिकाईलाई सहयोग पुर्याँउन, सामग्रीहरु एकिकृत गरी सिकाईमा प्रयोग गर्न, शिक्षण सिकाई तयारीको लागी शिक्षकलाई आवश्यक पर्ने सन्दर्भ सामाग्रीहरु शिक्षकको पहुँचमा पुर्याउनु, टोल सिकाईमा बिद्यार्थीहरुलाई सक्रिय बनाई शिक्षण सिकाईलाई चाखपुर्ण बनाँउन र शिक्षण सिकाईमा प्रबिधीको प्रयोग गर्ने उद्देश्यले ट्याब्लेट र ब्लुटुथ इस्पिकर बितरण गरिएको हो ।

यसैगरी भुमे गाउँपालिकामा पनि सिस्ने गाउँपािलकामा बितरण गरेको लगत्तै ट्याब्लेट र ब्लुटुथ इस्पीकर बितरण गरिने कार्यक्रम रहेको परियोजना संयोजक रमेश कुमार गौतमले बताउनु भयो ।

गत फागुन महिना देखी रुकुमपुर्वको सिस्ने र भुमे गाउ पालिकामा कोरोना लगायतको माहामारी बाट शिक्षामा पर्न गएको क्षति न्युनिकरण गर्नको लागी यस प्रतिकार्य कार्यक्रम संचालन हँुदै आएको छ ।

जसमा स्थानिय सरकारहरुको समन्वय, युनिसेफ/युएस आईडीको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्रको सहजीकरणमा सिस्ने र भुमे गाउ पालिकाका सबै बिद्यालयहरुमा टोल शिक्षा लगायतका अन्य कार्यक्रमहरु संचालन हुदै आएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार