नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र सर्वोत्कृष्ट

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र सर्वोत्कृष्ट

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल बाट कदर पत्र ग्रहण गर्दै वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराई।

मुसिकोट । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र कार्य सम्पादनमा   सर्वोत्कृष्ट भएको छ ।

बुधबार काठमाडौँमा नेपाल विद्युत प्राधिकरणले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा देशभरका १७ वटा कार्यालयलाई सर्वोत्कृष्ट घोषित गर्दै कदर-पत्रले सम्मान गरिएको जनाइएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईलाई कदर-पत्र प्रदान गर्नुभएको हो ।

रुकुम पश्चिम वितरण केन्द्र अन्तरगत सल्यान–रुकुम ३३ के.भी. लाईन अपग्रेड तथा मुसीकोट सवस्टेशन सञ्चालन गरी विद्युत वितरण प्रणालीमा उल्लेख्य सुधार गर्नुका साथै चुहावट न्यूनीकरण गर्न सफल भएको योगदानको उच्च मुल्याङकन गर्दै नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिम वितरण केन्द्रलाई कदर-पत्र प्रदान गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार