विद्यालयमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्दै प्रहरी

विद्यालयमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्दै प्रहरी

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाका विभिन्न विद्यालयमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । बालबालिका विरुद्ध हुने अपराध न्यूनीकरणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको हो ।

प्रहरीले जिल्लाका विभिन्न निजि तथा सामुदायिक विद्यालय र स्थानीय सर्वसाधारणका लागि अभियानको रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त अभियान सहितको कार्यक्रममा बालविवाह न्यूनीकरण, आत्महत्या न्यूनीकरण, महिला हिंसा, घरेलु हिंसा, बहु विवाह न्युनिकरण, सवारी दुर्घटना न्युनिकरण, अबैध घरेलु मदिरा उत्पादन, बिक्री बितरण र नियन्त्रण तथा लागूऔषध दुर्व्यसन सम्बन्धी चेतनामूलक सन्देश दिने गरिएको छ ।

त्यस्तै स्थानीय बुद्धीजिबी, समाजसेवी तथा सर्वसाधारणलाई समेत भेला गरेर प्रहरीले अपराध न्यूनीकरण र आत्महत्या लगायत विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार