चौरजहारीमा बजार अनुगमन

चौरजहारीमा बजार अनुगमन

मुसिकोट । चाडपर्वको मौका छोपी बजारमा हुने कालो बजारी रोक्न रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । अनुगमन गर्ने नियमित कार्यक्रम अनुसार सोमबार चौरजहारी नगरपालिका वडा नम्बर २ नयाँ बजारका विभिन्न पसलमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले नयाँ बजारका २२ वटा खाद्य तथा किराना पसल, नास्ता पसल, तरकारी तथा फलफुल पसलको अनुगमन गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाले जानकारी दिनुुभयो ।

अनुगमनबाट खाद्य वस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्य सूची, सफाइ भए र नभएको हेरिएको छ । सो अनुगमनका क्रममा २६ पोका दालमोट र ६ वटा जुस म्याद नाघेको अवस्थामा भेटिएका छन् ।

अनुगमनका टोलीले व्यवसाय दर्ता र नवीकरण नगरेका पसलबाट दर्ता नवीकरण गरेर २१ हजार ७ सय राजश्व समेत असुल गरेको छ ।

यस्तै अनुगमन टोलीले तोकीएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार