आठविसकोट नगर अस्पतालमा निःशुल्क गर्भजाँच र भिडियो एक्सरे सेवा

आठविसकोट नगर अस्पतालमा निःशुल्क गर्भजाँच र भिडियो एक्सरे सेवा

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका द्धारा सञ्चालित नगर अस्पतालले गर्भवतीका लागि नि:शुल्क गर्भजाँच तथा भिडियो एक्सरे सेवा सुरु गरेको छ ।

नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार नगर अस्पतालमा गर्भजाँच र भिडियो एक्सरे सेवा निःशुल्क गरिएको हो । अवदेखि नगर अस्पतालमा पहिलो पटक गर्भजाँच र भिडिओ एक्सरे गरेको पैसा नलाग्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा आउने सम्पुर्ण गर्भवती महिलाको परिक्षण नि:शुल्कगरिने अस्पताल प्रमुख धन्नजय रिजालले जानकारी दिनुभयो ।

मातृशिशु सुरक्षाको लागि नियमित गर्भजाँचमा लाग्ने सम्पुर्ण सेवा र पहिलो पटक गरिने भिडियो एक्सरे सेवा नि:शुल्क गरिने अस्पताल प्रमुख रिजालले बताउनुभयो ।

उक्त सेवा भदै २८ गते देखी लागुहुने गरि नि:शुल्क गर्भवतीले गर्ने सम्पुर्ण चेक जाँच सेवा सुचारु गरिएको ताईएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार