विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै वडाध्यक्ष खलबहादुर खड्का ।

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ ले राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बुधबार वडा भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका ६४ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

महेन्द्र माविमा भएको बालदिवस विशेष कार्यक्रममा २ माध्यमिक र ४ वटा आधारभूत बिद्यालयका ६४ विद्यार्थीलाई कापी, कलम र झोला वितरण गरिएको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण शैक्षिक सामग्रीको व्यवस्था गर्न नसक्ने बालबालिकाहरुलाई लक्षित गरेर शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार