रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने

रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने

कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागडी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

‘बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने जानकारी आएको छ,’ रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले अनलाइनखबरसँग भने, ‘दशैं अघि रोकिएका माल वस्तु अब नेपाल भित्रिने छन् ।’

चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार