कर्मचारी मिलन केन्द्रको अध्यक्षमा केसी चयन

कर्मचारी मिलन केन्द्रको अध्यक्षमा केसी चयन

मुसिकोट । कर्मचारी मिलन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मोहन कुमार केसी चयन हुनुभएको छ ।

बुधबार सम्पन्न कर्मचारीहरुको भेलाले अध्यक्षमा केसीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । यस अघि तारा प्रकाश पुन कर्मचारी मिलन केन्द्रको अध्यक्ष हुनुहुन्थ्यो ।

जसको उपाध्यक्षमा कमला केसी, सचिवमा तोषराज केसी, सहसचिवमा जनक खड्का र कोषाध्यक्षमा यामबहादुर केसी चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा बोमलाल पराजुली, अकविर घर्ती, जयराम केसी, जितबहादुर ओली, धनञ्जय आचार्य रहनुभएको छ ।

कर्मचारी मिलन केन्द्रको कार्यकाल २ वर्षको रहेको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार