राजीव विक्रम शाह : जाजरकोटमा चुनावी खर्च विवरण बुझाउने पहिलो उम्मेदवार

राजीव विक्रम शाह : जाजरकोटमा चुनावी खर्च विवरण बुझाउने पहिलो उम्मेदवार

जाजरकोट प्रदेश सभा ‘ख’ बाट उम्मेदवार बन्नु भएका नेपाली का‌ंग्रेसका राजीव विक्रम शाह चुनावी खर्च विवरण बुझाउने पहिलाे उम्मेदवार बन्नुभएकाे छ ।

उहाँले हिजाे दिउँसाे निर्वाचन कार्यालय जाजरकोट खलङ्गामा पुगेर  चुनावमा लागेको खर्चको विवरण बुझाउनु भएकाे हाे । उहाँले चुनावमा १४ लाख रुपैयाँ खर्च भएकाे बताउनु भएकाे छ ।

उहाँसँगै कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ जाजरकोटबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका गणेश अधिकारीले पनि आफ्नो चुनावी खर्चको विवरण बुझाउनु भएकाे छ । उहाँले चुनावमा ४२ हजार रुपैयाँभन्दा बढी खर्च भएकाे विवरणमा जनाउनु भएकाे छ ।

निर्वाचन आयोगका अनुसार चुनाव सम्पन्न भएको एक महिनाभित्र खर्च विवरण कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।

पछिल्लो पटक निर्वाचन आयोगले पालिका चुनाव तोकिएको मितिभित्र चुनावी खर्च विवरण नबुझाउनेहरुको सूची सार्वजनिक गरी वडा सदस्यदेखि मेयरसम्मका लागि निश्चित रकम जरिबाना तोकेकाे थियाे ।

आयोगले तोकेअनुसार प्रतिनिधि सभाका उम्मेदवारले जाजरकोटको हकमा ३६ लाखसम्म र प्रदेश सभाका उम्मेदवारले २१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुनी प्रावधान रहेको निमित्त कार्यालय प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी नवीन कुमार कठायतले बताउनु भयाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार