मुसिकोट नगरपालिका प्रधानाध्यापकहरुको बैठक सम्पन्न

मुसिकोट नगरपालिका प्रधानाध्यापकहरुको बैठक सम्पन्न

रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित सामुदायिक विद्यालयहरुको ३१ औँ प्रधानाध्यापक बैठक सम्पन्न भएको छ ।

आईतबार नगर प्रमुख एवम् नगर शिक्षा समितिका अध्यक्ष महेन्द्र केसीको अध्यक्षता, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा अधिकृत बिनाराम खड्का, लेखा अधिकृत नरेन्द्र बिष्टको आथित्यताएर्व शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र वलीको सहजीकरण वैठक सम्पन्न भएको हो ।

वैठकले गरेका निर्णयहरु :

निर्णय नम्वर १, मुसिकोट नगरपालिका स्थित विद्यालयहरुमा शैक्षिक सत्र २०७९ को पठनपाठन ७० देखि ८० प्रतिशत भएको र सबै विद्यालयहरुमा दोस्रो त्रैमासिक परीक्षा सम्पन्न भएको पाइयो । विद्यालयगत पठनपाठन तथा प्रस्तुत प्रस्तावहरु उपर तपसिल बमोजिमका शिक्षकहरुबाट रिपोर्टिङ्ग गर्ने काम भयो ।
तपसिल
१ शंकरकुमार रावल, त्रिपुरा मावि छिङ्ग
२ दामोदर पौडेल, यननमावि सेरीगाउँ
३ रामप्रसाद वली, जकमावि काँशपोखरी
४ खम्बुसिंह श्रेष्ठ, ज्ञानोदय मावि लहुँ
५ हरिप्रसाद खनाल, त्रिजमावि खलंगा
६ टेकबहादुर बिष्ट, जन आवि लोरीबाङ्ग
७ झलक पुन, महेन्द्र मावि चौतारा
८ शारदा डांगी, शिव आवि पिपलनेटा
९ लिलबहादुर वली, जनकल्याण मावि भलाक्चा
निर्णय नम्वर २, सामुदायिक विद्यालयहरुको शिक्षक कर्मचारीको सक्कलै हाजिरी रजिष्टर रुजु गर्ने कार्य भयो । विद्यालयमा कार्यरत शिक्षक कर्मचारी विदा नलिएरै विद्यालयमा अनुपस्थित भएमा, अनुपस्थित शिक्षक कर्मचारीको तलब भत्ता माग गरेमा सम्बन्धित विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समिति जिम्मेवार हुने निर्णय गरीयो ।
निर्णय नम्वर ३, मुसिकोट नगरपालिका स्थित सामुदायिक विद्यालयका शिक्षक कर्मचारी अन्य सरकारी तथा गैरसरकारी निकायले खटाएको कार्यक्रम तथा तालिम अभिमुखीकरण गोष्ठीमा सहभागी हुँदा अनिवार्य रुपमा विद्यालयको सहमती तथा विद्यालयको आधिकारीक पत्र लिएर मात्र जाने, विद्यालयले सो को जानकारी तथा बोधार्थ मुसिकोट नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखालाई अनिवार्य रुपमा उपलब्ध गराउने । विद्यालय र शिक्षा, युवा तथा खेलकुद शाखाको सहमती अनुमती वेगर कुनै पनि कार्यक्रममा सहभागी भएमा उक्त अवधिलाई गयलकट्टी गर्न सकिने निर्णय गरीयो ।
निर्णय नम्वर ४, विद्यालयको सामाजिक परीक्षण हालसम्म नभएको भए तत्काल गरी मुसिकोट नगरपालिकाबाट खटिइ गएको लेखापरिक्षकबाट आव २०७८।०७९ को बार्षिक लेखापरीक्षण गराउने निर्णय गरीयो ।
निर्णय नम्वर ५, राष्ट्रपति रनिङ्ग शिल्ड सम्बन्धमा छलफल गरीयो । यस सम्बन्धमा आवश्यक पर्ने स्रोतको लागि मुसिकोट नगरपालिकालाई अनुरोध गर्ने र आवश्यक स्रोत तथा बजेटको व्यवस्था भएपछि अर्को प्रधानाध्यापक बैठकबाट स्थान, संचालन मिति र समिति सम्बन्धमा छलफल गरी निर्णय गर्ने ।
निर्णय नम्वर ६, कक्षा ४, ५, ६, ७, ९ र ११ को बार्षिक परीक्षा संचालनको लागि समन्वय समिति गठन सम्बन्धमा गत विगतमा प्रअ बैठकबाट गठन भएको समितिबाट नै संचालन गर्ने र उक्त समितिमा रहेका सदस्य रिक्त रहेको भए अर्को प्रअ बैठकबाट थप्ने निर्णय गरीयो ।
निर्णय नम्वर ७, मुसिकोट नगरपालिका स्थित विद्यालयमा कार्यरत प्रधानाध्यापक श्री प्रतिभा वली र बिर्मा गिरी तथा शिक्षकहरु कमला पुनमगर, प्रताप सुनार. बालबहादुर बस्नेत, शैलेन्द्र ओली लगायत शिक्षक सेवा आयोगले लिएको लिखित तथा मौखिक परीक्षाबाट स्थायी नियुक्तिको लागि सिफारिस भएकोले हार्दिक
बधाई

तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्ने निर्णय गरीयो ।

निर्णय नम्वर ८, अर्को प्रधानाध्यापक बैठक संचालनको लागि जन आवि लोरीबाङ्गका प्रअ टेकबहादुर बिष्टलाई जिम्मा दिने निर्णय गरीयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार