पुथा उत्तरगंगामा निरक्षरको तथ्याङ्क सङ्कलन गरिँदै

पुथा उत्तरगंगामा निरक्षरको तथ्याङ्क सङ्कलन गरिँदै

रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकाले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरुको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । गाउँपालिकाले तथ्याङ्क सङ्कलनकर्ता लाई आवश्यक तालिम दिएर १४ वटै वडामा एक/एकजना सङ्कलनकर्ता परिचालन गरेको छ ।

गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमलाई लक्षित गरेर विद्यालयबाहिर रहेका बालबालिका तथा निरक्षर व्यक्तिहरुको विवरण सङ्कलन गर्न लागेको गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार सङ्कलनकर्ताहरुले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर व्यक्तिको विवरणसहित पेसा, व्यवसाय, जनसङ्ख्या लगायतको विवरण सङ्कलन गर्ने छन ।

यो कार्यक्रमबाट स्थानीय पाठ्यक्रम निर्माणमा टेवा पुग्नाका साथै विद्यालयबाहिर रहेका बालबालिकाको यकिन तथ्याङ्क आउने र उनीहरुलाई विद्यालयमा फर्काएर टिकाउने कार्यक्रम बनाउन सहज हुने अपेक्षा राखिएको शिक्षा शाखा प्रमुख खड्काको भनाइ छ ।

त्यस्तै यसबाट निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउन कार्यक्रम तर्जुमा गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ । जिल्लालाई नै साक्षर घोषणा गरिएको भए पनि सबै गाउँपालिकावासी साक्षर नभएको अवस्थामा उनीहरुको यकिन तथ्याङ्क सङ्कलन गर्न लागिएको गाउँपालिकाले जनाएको हो ।

यी सबै विवरण स्थानीय पाठ्यक्रममा समावेश गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट कक्षा १ र ६ मा लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम सुरु गरिसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार