मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले सबै आंगिक क्याम्पसका स्ववियु निर्वाचन स्थगित गरेको छ।

बिहीबार रजिष्ट्रारको कार्यालयले  सूचना जारी गरी तत्काललाई केन्द्रीय विभाग तथा सबै आंगिक क्याम्पसहरूको पूर्वनिर्धारित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गतिविधि स्थगित गर्न भनेको हो।

कर्णाली र लुम्बिनी प्रदेशमा गरी मध्यपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पस छन्।

अहिले निर्वाचन सम्पन्न गर्न सहज वातावरण नभएकाले सबै विद्यार्थी संघरसंगठनहरूसँग आवश्यक छलफल तथा समन्वय गरी उपयुक्त समयमा निर्वाचनको मिति निर्धारण गरिने रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचामा उल्लेख छ।

विश्वविद्यालयको स्ववियु निर्वाचन यही चैत ३ गते तोकिएको थियो। तर विश्वविद्यालयको स्कुल अफ मेनेजमेन्ट (मुसोम) का विद्यार्थीहरूले आफूहरू पनि निर्वाचनमा सहभागी हुन पाउनुपर्ने मागसहित रिट हालेपछि बुधबार उच्च अदालतले रिटमाथि सुनुवाइ गर्दै अर्को आदेश नआउँदासम्म निर्वाचन कार्यक्रम स्थगित गर्न आदेश दिएको थियो।

विद्यार्थीहरूले आफूहरूलाई मतदानबाट बञ्चित गराइएको भन्दै मंगलबार उच्च अदालतमा रिट हालेका थिए। उनीहरूले विश्वविद्यालयका विभिन्न पाँच वटा विभागलाई विपक्षी बनाएका थिए। अदालतले यही चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार