वडाध्यक्ष ३ लाख घुससहित पक्राउ

वडाध्यक्ष ३ लाख घुससहित पक्राउ

जेठ २४  बुटवल

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष देवेन्द्र पुनलाई ३ लाख घुससहित पक्राउ गरेको छ । वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै उनले ठेकेदारसँग घुस लिएको अख्तियारले जनाएको छ ।

सो घुसबापतको रकम लिँदै गरेको अवस्थामा पुनलाई शनिबार बिहान सालझन्डी १० सैनामैनाबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार