असार २ देखि सरकार विरुद्ध संघर्ष गर्दै कांग्रेस

असार २ देखि सरकार विरुद्ध संघर्ष गर्दै कांग्रेस

जेठ २९ काठमाडौ

नेपाली कांग्रेसले लकडाउन लगत्तै सरकार विरुद्ध संघर्ष केन्द्रित गर्ने भएको छ।

असार २ गतेदेखि कांग्रेसले सरकारलाई दबाब सिर्जना गर्न देश र विदेशबाट सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो। कोरोना संक्रमण र रोकथाममा सरकार असफल भएको निष्कर्ष निकालेको कांग्रेसले ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराउने भएको हो।

भौतिक दूरी कायम गर्दै असार २ गते स्वदेश र विदेशबाट सरकारलाई ज्ञापानपत्र बुझाउन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

यस्तै जेठ २६ मा बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको थियो।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार