बारामा मृत्यु भएका बालकलाइ कोरोना पुष्टि

krishi
Duduwa Corona

बारामा मृत्यु भएका बालकलाइ कोरोना पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  

जेठ ३१ काठमाडौ

बाराको निजगढ नगरपालिका का ५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा उपचारपछि मृत्यु भएका बालकमा स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको नारायणी अस्थायी अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

उनका अनुसार बालकको हिजो राति भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्युपश्चात कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।

डा. सिंहले बालकलाई निमोनियाको समस्या देखिएपछि परिवारले सुरूमा निजगढस्थित सामुदायिक अस्पताल लगेका थिए।

मृत्युपछि कोरोना देखिएपछि बालकको शवलाई प्रहरीले दाहसंस्कार गर्ने तयारी गरेको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। हिजै वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका २५ वर्षीय युवकमा पनि कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो दुई मृत्यु संख्याबारे स्वास्थ्य मन्त्रालयलको औपचारिक जानकारी गराउन बाँकी छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार