सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ८९ हजार ८०० रुपैयाँ

Duduwa Corona

सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ८९ हजार ८०० रुपैयाँ

असार ४ काठमाडौं
सुनको भाउ आज (बिहीबार) स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ तोकिएको छ। बुधबार पनि सोही मूल्य कायम गरिएको थियो।

तेजाबी सुनको मूल्य पनि घटबढ भएको छैन। महासंघका अनुसार तेजाबी सुन प्रतितोला ८९ हजार ३३५ रुपैयाँमा कारोवार भइरहेको छ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर ९३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गत जेठ २४ यता सुनको मूल्यमा दिनहुँजसो रेकर्ड कायम भइरहेको छ। उक्त दिन ८७ हजार ४०० रुपैयाँ निर्धारण भएको प्रतितोला छापावाल सुनको मूल्य त्यसयता दुई हजार ४०० रुपैयाँ बढिसकेको छ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार