कर्णालीमा २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय ८२ पुग्यो

कर्णालीमा २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय ८२ पुग्यो

असार ८ काठमाडौं

कर्णालीमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा १८ जना, सल्यानमा ४ जना, दैलेखमा ३ जना र हुम्लामा एकजनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय ८२ पुगेको छ । हालसमम् ५५१ जना भने डिस्चार्ज भइसकेका छन् । ४ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार