जन्मदिनको अवसरमा बाँकेका युवाले गरे विद्यार्थीलाई सहयोग

जन्मदिनको अवसरमा बाँकेका युवाले गरे विद्यार्थीलाई सहयोग

असार १४ बाँके

मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर बाँकेमा एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न बिरामीलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् । बाँकेको राप्तीसोनारी–२ मदुवाका सन्दीप विष्टले स्यान्डी जन्म दिनको अवसरमा विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेका छन् । उनले विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

स्यान्डीले १६ जना विद्यार्थीलाई एक थान स्कुल ड्रेस, एक थान झोला, एक दर्जन कापी, एक दर्जन कलम गरेका छन् । स्यान्डीका अनुसार जन्मोत्सवमा घरबाहिर गरिने खर्च कटौती गरेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई सामग्री वितरण गर्न पाउँदा खुसी लागेको बताए । उनले होटल र रेस्टुरेन्टमा खर्चिलो पाटी गर्नुभन्दा सामाजिक क्षेत्रमा नै सहयोग गर्दा राम्रो सन्देश जाने बताए ।

जय दुर्गा आधारभूत विद्यालय राप्तीसोनारी-२ मदुवाका कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको स्कुलका प्रधानाध्यापक कालीबहादुर विष्टले जानकारी दिए । प्रधानाध्यापक विष्टका अनुसार स्यान्डीले ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।

यता सहयोग प्राप्त विद्यार्थीले आफूंले पाएको सहयोगले पढ्नमा सहज भएको र बताएका छन् भने अभिभावकले लकडाउनको बेला के खाने भन्ने चिन्ताले पिरोलिरहेको बेला पाएको सहयोगले धेरै राहत पुगेको बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार