आइतबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा आइतबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन ।

उनका अनुसार आइतबार कोरोना स‌ंक्रण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् । देशभर क्वारेन्टिनमा २२६६२ जना रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार