बिहिबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बिहिबार थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार २४१ जना पुगेको छ। हाल ५ हजार ३ सय ५८ जना संक्रमितको उपचार भइरहेको छ।

यस्तै आज थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ८४० उपचारपछि निको भएका छन्। हालसम्म नेपालमा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार