प्रहरी मुख्यालयमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

प्रहरी मुख्यालयमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।

संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेका छन । डिआइजी शाहीका अनुसार अहिले संक्रमित सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लैजाने तयारी गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार